छापा खबर


प्रमुख पार्टीका शीर्ष नेता ‘सेल्फ आइसोलेसन’ मा

प्रमुख पार्टीका शीर्ष नेता ‘सेल्फ आइसोलेसन’ मा

नेपालखबर
चैत ९, २०७६ आइतबार ०:१४,

कारोना भाइरस (कोभिड-१९) संक्रमणका कारण राजनीतिक दलले आ-आफ्ना पूर्व निर्धारित कार्यक्रम स्थगित गरेका छन्।

राजनीतिक दलका नेता कार्यक्रम स्थगित गरी कोरोना भाइरसबाट सचेत हुन थालेका छन्।

प्रमुख पार्टीका प्रायः सबै नेता घरमै ‘सेल्फ आइसोलेसन’ मा बस्न थालेका खबर आजको गोरखापत्र दैनिकमा सुरेशकुमार यादवले लेखेका छन्।

मिर्गौला प्रत्यारोपण गरेका नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेटघाट बन्द गरेका छन्।

नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन दिनदेखि घरबाट निस्किएका छैनन्। उनी पनि ‘सेल्फ आइसोलेसन’ मा छन्।

प्रचण्डले सबै भेटघाटका कार्यक्रम स्थगित गरेका उनका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए।

त्यसैगरी राजनीतिक भेटघाट बन्द गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन दिनदेखि घरमै बसिरहेका छन्।

उनले कुनै जरुरी र आवश्यक काम छ भने मात्रै भेटघाट गर्छन, नत्र भेटघाट बन्द गरेका छन्।

त्यसैगरी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई, राजपा अध्यक्ष मण्डका सदस्य महेन्द्रराय यादव लगायतका नेता पनि घरमै ‘सेल्फ आइसोलेसन’ मा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad