कारोबार


आजदेखि अन्तर्राष्ट्रिय उडान बन्द

आजदेखि अन्तर्राष्ट्रिय उडान बन्द

नेपालखबर
चैत ९, २०७६ आइतबार ०:३०,

कोरोना भाइरस संक्रमणको महामारी रोक्ने अभियानअन्तर्गत सरकारले आज (आइतबार)देखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका सन्दर्भमा राष्ट्रका नाममा गरेका सम्बोधनअनुसार सरकारले आज अर्थात् चैत ९ गतेदेखि १८ गतेसम्मका लागि नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान स्थगन गरेको हो।

तर आन्तरिक अर्थात् देशभित्रैका हवाई उडान भने हुनेछन्।

यस्तै भोलि चैत १० गतेदेखि देशभर लामो दूरीमा चल्ने सार्वजनिक सवारीसाधन सञ्चालनमा सरकारले रोक लगाउँदै छ। तर छोटो दूरीका सवारीसाधन भने यथावत सञ्चालन हुनेछन्।

लामो दूरीका गाडी बन्द हुने डरले नै उपत्यकाबाट घर जानेहरू अहिले धमाधम गइरहेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शनिबार एकै दिन १ लाख ८६ हजार ५ सय ४९ यात्रु बाहिरिएका छन् ।

सम्बोधनका क्रममा राजपत्रमा उल्लेख अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने प्रधानमन्त्रीले घोषणा गरेका छन्।

यातायात अत्यावश्यक सेवाअन्तर्गत परे पनि कोरोना संक्रमण जोखिमका दृष्टिले अन्तर्राष्ट्रिय हवाई उडान र लामो दूरीका सवारीसाधन सञ्चालन बन्द गर्ने निर्णयमा सरकार पुगेको हो।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad