छापा खबर


खानेपानी धाराः २२ घन्टा ताला, एक-एक गाग्री पाउन पनि गाह्रो

खानेपानी धाराः  २२ घन्टा ताला, एक-एक गाग्री पाउन पनि गाह्रो

नेपालखबर
असार २०, २०७६ शुक्रबार १:५५,

यो नियम रामेछापको मन्थली नगरपालिका-६ सिम्पानी गाउँको हो।

२९ घरधुरी रहेको गाउँमा खानेपानीको चरम अभाव भएपछि गाउँलेले नै यस्तो नियम बनाएका हुन्।

गाउँको तीनधारा पँधेरामा ट्यांकी निर्माण गरिएको छ । रातभर र दिनभर धारामा ताल्चा मारेर पानी जम्मा गरिन्छ। बिहान ४ देखि ६ बजेसम्म दुई घन्टा मात्रै ताल्चा खोलेर पानी थापिन्छ।

प्रत्येक घरले एक गाग्रीका दरले पानी थाप्दा पालो नआउनेले भोलिपल्टसम्म कुर्नुपर्छ । स्थानीय चेतबहादुर श्रेष्ठका अनुसार यो अहिलेको होइन, १४ वर्षदेखिको नियति हो।

कुनै घरमा विवाह हुँदा वा मृत्यु हुँदा मात्रै थप दुई घन्टा धारो खोलिन्छ। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

कसैले रातभर पानी भरेर रित्याउने, कसैले एक थोपो पनि नपाउने अवस्था आएपछि सहमतिमै ताल्चा ठोक्ने नियम राखिएको स्थानीय दुर्गा श्रेष्ठले बताइन् । तर, एक गाग्री पानीले कुनै घरको पनि गुजारा चल्दैन। एक परिवारलाई दैनिक १०-१५ गाग्री चाहिन्छ ।

त्यसैले थप पानी लिन दुई घन्टा हिँडेर तल कमेरे खोलामा पुग्छन् गाउँले । तर, खोलाको पानी धमिलो र सानो छ । दुई–तीन घन्टासम्म पालो कुरेर ल्याउनुपर्छ । पैसा हुनेहरू भने ट्याक्टरमा बोकाएर ल्याएको पानी किनेर गुजारा चलाउँछन्।

पानीको हाहाकार भएपछि सिम्पानीका धेरैले घरका बस्तुभाउ पनि बेचेका छन् । कतिपयले एक–एक गोरु पालेर जोत्ने वेला हल मिलाउने गरेका छन् । पानीकै दुःखले धेरै घर यहाँबाट बसाइँ सरिसकेको चेतबहादुरले सुनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad