छापा खबर


बलिउडका यी चर्चित हिरो/हिरोइनले कति पढेका छन्? सुन्दा अचम्म लाग्न सक्छ!

बलिउडका यी चर्चित हिरो/हिरोइनले कति पढेका छन्? सुन्दा अचम्म लाग्न सक्छ!

नेपालखबर
असार २०, २०७६ शुक्रबार १:४०,

अहिले माध्यमिक शिक्षा परीक्षको नतिजा प्रकाशन भएको सन्दर्भमा बलिउड स्टारहरूको शैक्षिक योग्यता पनि हाम्रो चासोको विषय हुन सक्छ।

यसबारे आज (शुक्रबार) प्रकाशित साप्ताहिकले उनीहरूको विवरण छापेको छः

रणवीर कपुर

ranbir kapoorअहिलेका हटकेक मानिने बलिउड अभिनेता रणवीर कपुरले कहिल्यै कलेज टेकेनन्। आफ्नो फेसन सेन्स र स्टाइलका लागि चिरपरिचित कपुरले १० कक्षा मात्र ५४ प्रतिशत अंकमा उत्तीर्ण गरेका थिए।

अक्षय कुमार

akshay kumar 1551171344
बलिउडमा सय करोड क्लबका राजा मानिने अक्षय कुमारलाई उनका प्रशंसकले खेलाडी कुमारका रूपमा चिन्छन्। अक्षय कुमारले मुम्बईस्थित डन बोस्को स्कुलबाट माध्यमिक शिक्षा पूरा गरेका थिए। उच्च शिक्षाका लागि उनले मुम्बईकै गुरु नानक कलेजमा भर्ना लिएका थिए, तर किन हो कुन्नी बीचमै पढाइ छाडे।

सलमान खान
बलिउडमा भाइका रूपमा परिचित सुपर स्टार सलमान खानले मुम्बईस्थित सेन्ट स्ट्यानिलस हाइ स्कुलबाट माध्यमिक शिक्षा पूरा गरेका थिए। त्यसपछि उनी कहिले कलेज भर्ना भएनन्।

आमिर खान
बलिउडमा मिस्टर पर्फेक्टसनिस्टका रूपमा परिचित आमिर खान पनि उच्च शिक्षित व्यक्ति होइनन्। उनका १२ कक्षा मात्र उत्तीर्ण गरेका छन्।

दीपिका पादुकोण
बलिउडकी स्टाइल डिभा दीपिका पादुकोण कहिल्यै कलेज प्रवेश गरिनन्।। बेंगुलस्थित माउन्ट कार्मेल स्कुलबाट माध्यमिक शिक्षा पूरा गरेकी पादुकोण विश्वविद्यालय भर्ना भए पनि फिल्ममा व्यस्त भएका कारण कलेज जान पाइनन्।

प्रियंका चोपडा
सन् २००० मा मिस वल्र्डको उपाधि जितेकी प्रियंका चोपडा पनि कहिल्यै कलेज गइनन्।

ऐश्वर्या राय
कुनै बेला बलिउडकी महारानी मानिएकी ऐश्वर्या राय बच्चनको शैक्षिक पृष्ठभूमि निकै कमजोर छ। मात्र माध्यमिक शिक्षा हासिल गरेकी छन्।

कटरिना कैफ
सफल अभिनेत्री कटरिना कैफले पनि अल्पशिक्षित अभिनेत्री हुन्। कुनै बेला लन्डनका बारहरूमा वेट्रेसका रूपमा काम गरिसकेकी कटरिनालाई भाग्यले बलिउडमा पु¥यायो।

करिना कपुर

kareena kapoor
ग्याल्मर गर्ल करिना कपुरले पनि आफ्नो उच्च शिक्षा पूरा गर्न सकेकी छैनन्। माध्यमिक शिक्षा उत्तीर्ण गरेपछि कलेज भर्ना गरे पनि फिल्ममा व्यस्त भएपछि बीचमै छाडिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad