ad ad

छापा खबर


ग्यास कहिलेदेखि सहजै पाइन्छ?

ग्यास कहिलेदेखि सहजै पाइन्छ?

नेपालखबर
चैत ७, २०७६ शुक्रबार ३:१२,

सरकारले बजारमा पर्याप्त ग्यास छ भनेर दाबी गर्दै आए पनि उपभोक्ताले सहजै ग्यास खरिद गर्न पाएका छैनन्। एउटा ग्यास सिलिन्डरका लागि एक सातासम्म लाइन बस्नुपर्ने अवस्था छ।

निगमले मासिक ३८ हजार मेट्रिक टन ग्यास आयात गर्दै आएकामा पछिल्ला दुई सातामा २५ हजार ६ सय ४९ मेट्रिक टन ग्यास आयात गरेको छ।

बजारमा ग्यासको माग बढेपछि आपूर्ति सहज गर्न कोटा बढाएर ४५ हजार पु¥याइएको छ। निगमले बजारमा आपूर्ति सहज गर्न १६ दिनमा मात्र १८ लाख ६ हजार २ सय २ वटा सिलिन्डर बजारमा पठाएको छ।

तर, उपभोक्ताले ग्यास सहजै पाउन नसकेका खबर आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छन्।

व्यापारीले कालोबजारी गर्न थालेपछि पर्याप्त ग्यास हुँदा हुँदै पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले बताए।

महर्जनले भने, ‘सरकारको बजार अनुगमन प्रभावकारी नहुँदा व्यापारीले ग्यासमा कालोबजारी थालेका छन् । विश्वमै कोरोना भाइरसको त्रास बढिरहेको अवस्थामा बजारमा अहिले आएको अराजकतालाई रोक्न सरकारले उपभोक्ता संरक्षण ऐन २०७५ मा टेकेर अनुगमन गर्दा पुग्दैन। कालोबजारी ऐन २०४२ मा टेकेर अनुगमन हुनुपर्छ। बजार अनुगमनमा वाणिज्य विभाग र मन्त्रालय मात्र नभएर जिल्ला प्रसाशनलाई पनि सशक्त गराउनुपर्छ।’

निगमका प्रवक्ता वीरेन्द्र गोइतले अहिलेको बजार मागलाई आपूर्ति सहज गर्न यो महिनामा निगमले ५५ हजारदेखि ६० हजार मेट्रिक टन ग्यास आयात गर्ने बताए । ५५ हजार मेट्रिक टन ग्यास आयात हुँदा ग्यासको कुनै समस्या नहुने उनको भनाइ छ।

प्रवक्ता गोइतले उपभोक्ताले आवश्यकभन्दा बढी खाली सिलिन्डर भर्न थालेपछि ग्यास आपूर्तिमा समस्या देखिएको बताए । निगमले आवश्यकभन्दा बढी ग्यास आयात गरिरहेको हुँदा ग्यास पाइँदैन कि भनेर त्रास हुनु नपर्ने उनले बताए।

निगमको तथ्यांकअनुसार अहिले बजारमा दैनिक १ लाख ३१ हजार ५ सय ग्यास सिलिन्डर बजारमा बिक्री भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .