ad ad

छापा खबर


सँगै बसेर मदिरा सेवन, खाना पकाउने विषयमा विवाद हुँदा पत्नीको हत्या

सँगै बसेर मदिरा सेवन, खाना पकाउने विषयमा विवाद हुँदा पत्नीको हत्या

नेपालखबर
चैत ५, २०७६ बुधबार १:६,

भक्तपुरको सूर्यविनायक नगरपालिका ९ नंखेलका राजन ब्यान्जूले आफ्नै श्रीमतीको हत्या गरेका छन्।

राजनकी श्रीमती ३२ वर्षीया पवित्रा ब्यान्जू गत ३० फागुनमा घरमै मृत अवस्थामा भेटिएकी थिइन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीका अनुसार राजन र पवित्राले एकैसाथ बसेर मादक पदार्थ सेवन गरेका थिए।

आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार अनुसार मदिरा सेवनपछि कसले खाना पकाउने भन्ने विषयमा विवाद हुँदा राजनले श्रीमतीलाई लाती, मुक्का र दाउरासमेतले कुटपिट गरेको खुलेको छ।

शरीरमा नीलडाम र नाकबाट रगत बगेको अवस्थामा उनको शव फेला परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .