प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको नौ दिनपछि परिवारका सदस्यलाई भेटघाट गर्न दिइएको छ।
प्रधानमन्त्री ओलीसँग धर्मपत्नी राधीका शाक्यले बिहीबार भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन्।
२१ फागुनमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका ओलीसँग चिकित्सकबाहेक कसैलाई भेट गर्न दिइएको थिएन।
यसअघि प्रधानमन्त्री ओलीसँग उनका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललाई भेट गर्न दिइएको थियो। यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ।
शिक्षण अस्पतालले बिहीबार साँझ विज्ञप्ती जारी गरी ओलीको स्वास्थ्य स्थिति सामान्य रहेको र नियमित आहार लिएको स्पष्ट पारेको छ।
ओलीको मिर्गौला पत्यारोपणपछि गर्नुपर्ने परीक्षणलाई नियमितता दिइएको विज्ञप्तीमा उल्लेख छ।
‘परीक्षणका नतिजाहरु सामान्य र सुधारोन्मुख छन्। उहाँका भाइटल तथा ल्याब सूचकहरु पनि राम्रो अवस्थामा छन्,’ विज्ञप्तीमा भनिएको छ।
Shares
प्रतिक्रिया