ad ad

छापा खबर


अब नातेदारलाई मानपदवी तथा विभूषण सिफारिस गर्न नपाइँने

अब नातेदारलाई मानपदवी तथा विभूषण सिफारिस गर्न नपाइँने

नेपालखबर
फागुन २२, २०७६ बिहिबार ३:५,

आफू र आफ्ना नातेदारलाई सरकारले दिने मानपदवी सिफारिस गर्ने प्रचलन अन्त्यको प्रस्ताव गर्दै विभूषणसम्बन्धी नयाँ विधेयकको मस्यौदा सार्वजनिक गरिएको छ।

नेपाल कानुन आयोगले विभूषणसम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयक सरोकारवालाको छलफलका लागि सार्वजनिक गरेको खबर आजको गोरखापत्र दैनिकमा नारायण काफ्लेले लेखेका छन्। विधेयक तर्जुमापछि आयोगले विभागीय मन्त्रालयलाई हस्तान्तरण गर्ने छ।

प्रस्तावित मस्यौदाले सिफारिस समितिमा रहेका व्यक्तिबाटै आफू र नातेदारलाई समेत मानपदवी सिफारिस गर्न नमिल्ने व्यवस्था प्रस्ताव गरेको छ।

प्रचलित कानुनले परिभाषित गरेका नातेदारलाई मानपदवी सिफारिस गर्न नपाउने व्यवस्था मस्यौदामा उल्लेख छ । सिफारिस समितिमा रहेका सदस्यहरूले स्वार्थ भएका व्यक्तिलाई मानपदवी सिफारिस नगरिएको स्वघोषणासमेत गर्नुपर्ने छ।

मस्यौदा विधेयकको दफा ४७ मा भनिएको छ, ‘यस ऐनबमोजिम विभूषण प्रदान गर्न सिफारिस गर्न अधिकार भएका अधिकारी वा समितिका सदस्यले विभूषण सिफारिस गर्दा आफू वा आफ्नो स्वार्थ भएका व्यक्तिलाई विभूषणका लागि सिफारिस गर्नु वा गराउनु हुँदैन।’

स्वार्थ भएका व्यक्तिले नजिकको नातेदार पनि समेट्ने छ । यस्ता व्यक्तिलाई समेत सिफारिस गर्नुपर्ने अवस्था आए समितिको बैठकमा प्रस्तावकै रूपमा पेस गर्नुपर्ने छ । स्वार्थ भएका सदस्यले त्यस्तो बैठकमा भाग लिन नमिल्ने व्यवस्था विधेयकमा प्रस्तावित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .