छापा खबर


पानीकै कारण क्यान्सर भएर ३० महिनामा २६ को मृत्यु भएपछि सर्लाहीमा सरकारी टोली

पानीकै कारण क्यान्सर भएर ३० महिनामा २६ को मृत्यु भएपछि सर्लाहीमा सरकारी टोली

नेपालखबर
फागुन १८, २०७६ आइतबार १:१५,

सर्लाहीको हरिवन नगरपालिका ५ का सिद्धार्थ टोल, धनपति टोल, गोले टोललगायत (साविक घुर्कौली गाविस) क्यान्सरपीडित गाउँमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले पानी परीक्षण सुरु गरेको छ।

यसबारे समाचार प्रकाशन भएको भोलिपल्टै शनिबार बिहानै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका सीडीई राजेश कुशवाह पानी परीक्षण घुम्ती टोली लिएर गाउँमा पुगेका हुन्।

गाउँमा पानीका कारण क्यान्सर भएको समाचारबाट जानकारी पाएपछि इन्जिनियर र प्राविधिकसहितको टोली लिएर परीक्षण गर्न आएको कुशवाहाले बताए, सर्लाहीबाट श्रवण थापाले आजको नयाँ पत्रिकामा खबर लेखेका छन्।

सर्लाहीको हरिवन नगरपालिका ५ स्थित आधा दर्जन गाउँमा क्यान्सरको प्रकोप देखिएको छ। ती गाउँमा क्यान्सरका कारण ३० महिनामा २६ जनाको मृत्यु इसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad