चमकधमकभन्दा परको चरित्र रुचाउँछिन्, अभिनेत्री सुरक्षा पन्त।
पछिल्लो सिनेमा ‘आमा’मा उनी निःसन्तान आमाको भूमिकामा छिन्।
आज प्रकाशित नेपाल साप्ताहिकका लागि मनवहादुर बस्नेतले लिएको अन्तर्वार्तामा पन्तले आफू देशको कथा लिएर ओस्कारमा जान चाहेको बताएकी छन्।
फिल्मकै लागि कपाल खौरिन असहज भएन?
मेरो चरित्रका लागि कपाल खौरिनै पथ्र्यो। खौरिँदाको घटना सम्झँदा भने छक्कपर्छु।
मुडुलो सिनको सुटिङ सिन्धुलीमा थियो। त्यहाँ पुगेपछि ब्लेडले मेरो कपाल नै काटेन। त्यही बेला एक जना बूढा आइपुगे र म काटिदिन्छु भने। उनले त्यही पत्तीले स्वारस्वार काटिदिँदा सबै छक्क परे।
ग्लामरभन्दा क्यारेक्टर बेस्ट फिल्म नै किन?
नाच्ने, गाउने, ग्ल्यामर पनि क्यारेक्टर नै हो। यस्तो भूमिका आए क्यारेक्टरमै ढालेर अभिनय गर्छु।
हरेक सिनेमामा ‘क्यारेक्टर’ हुन्छ। व्यक्तिको प्रसिद्धिलाई मात्र क्यास गर्न स्क्रिप्ट लेख्दा चाहीँ क्यारेक्टर कमजोर हुन्छ।
नेपाली फिल्मको समस्या स्क्रिप्टमै हो?
स्क्रिप्टका आधारमा क्यारेक्टर कस्तो हुने भन्ने छुट्टिन्छ। हरेक फिल्ममा क्यारेक्टर हुन्छ भन्ने सोचेरै स्क्रिप्ट तयार हुनुपर्यो।
फिल्म क्षेत्रका विसंगतिबारे बोल्दा फिल्म नपाउने डर हुन्न?
आफू फिल्म क्षेत्रमा आउनुको उद्देश्यमाथि न्याय गर्न पनि बोल्नैपर्छ। अहिलेसम्म बोलीकै कारण खाली हात बस्नु परेको छैन।
फिल्म क्षेत्रमा आउनुको कारण के हो?
फिल्मको काम कथा भन्ने हो। तर नेपाली फिल्मले अहिले कथा भन्दैन र समस्या भइरहेको छ। म आफ्नो देशको कथा लिएर ओस्कारमा जान चाहन्छु।
नेपाली फिल्मले तपाईंको इच्छालाई ओस्कारसम्म डोर्याउला?
विषयवस्तु, लगानी, प्रवद्र्धन, अभिनय सबै हिसावले गाह्रो छ। फिल्म क्षेत्रमै धेरै विकृति भएकाले त्यो चाहना पूरा हुन सजिलो छैन। हामी एकअर्कालाई ‘पुस’ गर्नुपर्ने ‘पुल’ गरिरहेका छौँ। सबैमा पैसा कमाउने होडबाजी छ। कन्टेन्ट नै कमजोर छ।

प्रतिक्रिया