कोरोनाको उद्गमस्थल चीनको उहानबाट उद्धार गरी भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएका १ सय ७५ जनाको दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आए सोमबार घर जान पाउने भएका छन्।
शनिबार उनीहरूको नमुना संकलन गरिएको छ। सोमबार बिहानसम्म रिपोर्ट आउने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। यो खबर आजको नयाँ पत्रिकामा अर्जुन अधिकारीले लेखेका छन्।
तर एक जनाको मात्रै रिपोर्ट पोजेटिभ आए कोही पनि घर फर्किन पाउने छैनन्। संक्रमितलाई सीधै अस्पताल लगिनेछ भने अन्यलाई फेरि १४ दिन क्वारेन्टाइनमा राखिनेछ।
3
Shares

प्रतिक्रिया