ad ad

छापा खबर


स्कुले विद्यार्थीमा नेटको नशा, सर्वेक्षणले देखायाे यस्तो रहस्यमय कुरा

स्कुले विद्यार्थीमा नेटको नशा, सर्वेक्षणले देखायाे यस्तो रहस्यमय कुरा

नेपालखबर
फागुन १६, २०७६ शुक्रबार २:३७,

विद्यार्थीका लागि ज्ञानको नवीनत माध्यम र स्रोत कुनै बेला किताब मात्रै थियो। नयाँ ज्ञान सिक्न बालिकाबालिकाले किताबाका पानाहरू पल्टाउनुपर्थ्याे, त्यसका लागि स्कुल अनिवार्य जानुपर्थ्याे। प्रविधिमा आएको क्रान्तिले किताबबाट धेरै फड्को मारिसकेको छ।

इन्टरनेट र डिजिटल प्रविधि नेपाली समाजको आधाआधी जनसंख्यामा विस्तार भइसकेको अध्ययनहरूले देखाएका छन्। र, त्यसको प्रभाव कलिला बालबालिकादेखि हुर्कंदै गरेका किशोर किशोरीसम्म परिरहेको विभिन्न सर्वेक्षणले देखाएका छन्।

यसै क्रममा आज शुक्रबार प्रकाशित शुक्रबार साप्ताहिकले स्कुले विद्यार्थीमा इन्टरनेटको प्रभाव कस्तो छ भन्ने विषयमा एक्याट सर्वेक्षेण २०१९ प्रस्तुत गरेको छः

यसो भन्छ सर्वेक्षण
-६१ प्रतिशत विद्यार्थीले आफ्नो बेग्लै फेसबुक आईडी खोलेका छन्।

-स्कुले विद्यार्थीमध्ये ७२ प्रतिशतले मोबाइल र इन्टरनेट चलाउँछन्।

-१५ दशमलव ७ प्रतिशत बालबालिकाले पोर्नाेग्राफिक्स वा अश्लील म्यासेज प्राप्त गर्छन्।

-८ दशमलव ७ प्रतिशत रिसको झोकमा बदला लिन अरूलाई हानि हुने कुरा पोस्ट गर्छन्।

-५५ दशमलव ५ प्रतिशतले कोही नभएका बेला र कसैले अनुमान नगरेका बेलामा इन्टरनेट चलाउँछन्।

-४९ प्रतिशतलाई यसको प्रयोगबाट हुने हानिबारे ज्ञानसमेत छैन।

-५६ दशमलव ६ प्रतिशत किशोरकिशोरी साइबर कानुनबारे बेखबर छन्।

-९ दशमलव ३ प्रतिशतको पासवार्ड साथीभाइलाई पनि थाहा छ।

-५६ दशमलव २ प्रतिशतको मात्रै आफ्नै फोटो र नामसहितको सोसल मिडिया अकाउन्छ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .