सिरियाले गरेको हवाई हमलामा टर्कीमा कम्तीमा २९ सेना मारिएका छन्। टर्कीका प्रान्तीय गभर्नरले यसको पुष्टी गरेका छन्।
टर्कीको इड्लिबमा भएको हमलामा त्यो भन्दा धेरै सैन्य अधिकारीहरू घाइते भएका बीबीसीले जनाएको छ। मृत्यु हुनेहरूको संख्या बढ्न सक्ने अनुमान अधिकारीहरुको छ।
द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स नामक समूहका अनुसार बिहीवार साँझ भएको हवाई हमलामा कम्तीमा ३४ जना मारिएका छन्।
घटनापछि टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले सुरक्षा संयन्त्रको उच्चस्तरीय बैठक बोलाएका छन्।
रुसको समर्थनमा सिरियाली सैन्य बलले विद्रोहीहरूको कब्जामा रहेको इड्लिब प्रान्त आफ्नो कब्जामा फिर्ता लिन चाहेका छन्। ती विद्रोहीहरूलाई टर्कीले समर्थन गरेको छ।
टर्कीका राष्ट्रपतिले आफूहरूले स्थापना गरेको सैन्य पोस्टबाट सिरियाली फौजलाई फिर्ता पठाउन चाहेका छन्।
प्रतिक्रिया