ad ad

छापा खबर


आज २० लाख भक्तजनले पशुपति दर्शन गर्ने अनुमान

आज २० लाख भक्तजनले पशुपति दर्शन गर्ने अनुमान

नेपालखबर
फागुन ९, २०७६ शुक्रबार २:३४,

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको अवसरमा २० लाख दर्शनार्थीले पशुपतिनाथ दर्शन गर्ने अनुमान गरेको छ ।

कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले नेपाल भ्रमण वर्ष २०२० को रूपमा पनि यस वर्ष देश–विदेशमा प्रचार भएकाले दर्शनार्थी बढ्ने बताएका खबर आजको नयाँ पत्रिका दैनिकमा विजय कार्कीले लेखेका छन्।

कोषले शिवरात्रिको अवसरमा पशुपतिनाथ दर्शनमा आउने दर्शनार्थीहरूलाई निःशुल्क भोजन, पिउनेपानी, स्वास्थ्य सेवालगायतको व्यवस्था गरिएको जनाएको छ। यस्तै, दर्शनार्थीहरूले बढीमा डेढ घन्टासम्ममा दर्शन गरिसक्ने व्यवस्था मिलाइएको खतिवडाले जानकारी दिए।

कोषका अनुसार आगन्तुक र दर्शनार्थीहरूको सुरक्षाका लागि लागि पाँच हजार सुरक्षाकर्मी, पाँच सय सादा पोसाकका प्रहरी परिचालन भएका छन् । उनीहरूलाई १० हजार स्वयंसेवकले सघाउनेछन्।

दर्शनार्थीहरूले बिहान चार बजेबाटै पशुपतिमा दर्शन गर्न पाउने व्यवस्था कोषले मिलाएको छ।

पशुपति दर्शन गर्न चाहनेका लागि मित्रपार्क, जयबागेश्वरी, गौशाला तथा तिलगंगा गरी चारतिरबाट लाइन व्यवस्थापन गएिको छ । लाइन बसेकै स्थाननजिक जुत्ताचप्पलकक्ष स्थापना गरिएको कोषको भनाइ छ ।

दर्शनपछि चन्दन लिन चाहने भक्तले दर्शन सकेर बाहिर निस्कने स्थाननजिक कोर क्षेत्रभित्र सानो सदार्व सत्तलमा व्यवस्था गरेको छ । उमाकुण्ड, मित्रपार्क, तिलगंगा र गौशालाबाट पनि चन्दन वितरण गरिने कोषको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .