ad ad

छापा खबर


चीनका नेपाली ल्याउन आनाकानी गर्ने सरकार चिनियाँ भने यसरी भित्र्याइरहेको छ दिनहुँ

चीनका नेपाली ल्याउन आनाकानी गर्ने सरकार चिनियाँ भने यसरी भित्र्याइरहेको छ दिनहुँ

नेपालखबर
फागुन २, २०७६ शुक्रबार ०:५७,

चीनको उहान सरहमा कोरोना भाइरस संक्रणको जोखिममा रहेका नेपालीलाई स्वदेश फर्काउन आनाकानी गरिरहेको सरकारले चिनियाँ पर्यटक भने भने दिनहुँ निर्बाध भित्र्याइरहेको छ।

कोरोना भाइरस संक्रमणलगत्तै अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपका अधिकांश मुलुकले चीनबाट सीधै प्रवेश गर्ने यात्रुलाई रोक लगाएका छन्। कतिपयले चीनमा निर्मित सामान आयातमै प्रतिबन्ध लगाएका छन्।

चीन स्वयंमले पनि प्रभावित प्रान्त हुेपेईमा आफ्नै नागरिक आवागमनमा रोक लगाएको छ। अन्य सहरमा पनि घरबाहिर ननिस्कन, हुलमुल नगर्न र मिलेसम्मका काम घरबाटै गर्न प्रोत्साहन गरिरहेको छ।

चीनका विभिन्न सहरबाट नेपालमा सातामा सय हाराहारीमा पर्यटक आउने गरेको विमान कम्पनीका सञ्चालकहरूले जनाएका छन्, दिनेश गौतमले आजको अन्नपूर्ण पोस्टमा खबर लेखेका छन्।

कोरोना भाइरस संक्रमणका कारण नेपाल आउने चिनियाँ पर्यटक ह्वात्तै घटे पनि आउने क्रम रोकिएको छ। 

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले चिनियाँ पर्यटक आइरहेको बताए। उनले भने, ‘पर्यटक आइरहेका छन्। यकिन संख्या थाहा छैन।’

उनका अनुसार भाइरस संक्रमणले बढी प्रभावित वुहानबाट नेपाल आउन चीनले नै दिएको छैन ।

पिपुल्स हेल्थ मुभमेन्टका संयोेजक एवं जनस्वास्थ्यविद् डा. शरद वन्त चीनबाट आइरहेका पर्यटकको पर्याप्त स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउँछन्।

उनले भने, ‘हामीसँग पर्याप्त उपकरण छन्। परीक्षण हुन्छ भने चिनियाँ पर्यटक आवागमन रोक्नु पर्दैन, अन्यथा सोच्नुपर्ने हुन्छ।’

चीनका विभिन्न सहरमा उडान भरिरहेका चिनियाँ एवं नेपाली विमान कम्पनीले पर्यटक ओसारिरहेका छन्।

चाइना स्टर्नको साताको ११ मध्ये दुईवटा उडानबाट पर्यटक नेपाल आइरहेका छन्। त्यस्तै चाइना साउदर्नको साताको १४ वटा उडानमध्ये २ वटाबाट पर्यटक भित्रिरहेका छन्।

सामान्य रुघाखोकी र ज्वरो आएका दुई चिनियाँ नागरिक उपचार गराउनुपर्ने भएपछि फरार भएको दुई साता बित्दासमेत अत्तोपत्तो छैन।

चीन हुँदै नेपाल आएका साउदी अरबका नागरिक पनि जँचाउनुपर्ने भएपछि फरार छन्। कोरोना भाइरस (कोभिड १९) को आशंका गरिएका व्यक्तिहरू निगरानीमा राख्ने जानकारी पाएपछि बेपत्ता हुने क्रम बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .