ad ad

छापा खबर


कोरोना आशंका गरिएका बिरामी अस्पतालबाटै फरार

कोरोना आशंका गरिएका बिरामी अस्पतालबाटै फरार

नेपालखबर
फागुन १, २०७६ बिहिबार २:४०,

कोरोना भाइसरको आशंका गरिएका व्यक्ति जँचाउनुपर्ने भएपछि अस्पतालबाटै फरार भएका छन्।

सातादेखि फरार ती बिरामीको खोजी भइरहे पनि फेला नपरेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुमा जँचाउने क्रममा साउदी अरबका ती नागरिक फरार भएका हुन्।

स्वास्थ्य जाँचका क्रममा कोरोना भाइरसको आशंकामा निगरानीमा राख्नुपर्ने भएपछि ती फरार भएको अस्पतालका निर्देशक डा.बासुदेव पाण्डेले जानकारी दिए।

चीन हुँदै नेपाल आएका ती नागरिकलाई सामान्य रुघाखोकी र ज्वरो आएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले फरार व्यक्तिको खोजी भइरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .