ad ad

छापा खबर


ओली पक्षधर नेताहरूकाे ‘गोप्य’ बैठक, के भयो कुराकानी?

ओली पक्षधर नेताहरूकाे ‘गोप्य’ बैठक, के भयो कुराकानी?

नेपालखबर
माघ २८, २०७६ मंगलबार १:३७,

पार्टी र सरकार आलोचित बन्दै गएपछि रक्षात्मक अवस्थामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरूले ‘रणनीतिक’ बैठक गरेका छन्।

काठमाडौंको गौशालास्थित मदन भण्डारी फाउन्डेसनको कार्यालयमा भएको भेलामा सरसकार र पार्टीको काम कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको सहभागी एक नेताले बताए।

‘जति हैन भनेर दाबी गरे पनि केन्द्रीय कमिटी बैठकमा हाम्रो स्थिति अलि रक्षात्मक भयो। सरकारको काममा पनि आलोचना हुन थाल्यो,’ ती नेताले भने, ‘त्यसैले पार्टी र सरकारमा अझै कसरी प्रभावकारी उपस्थिति हुन सक्छ भन्नेबारे कुराकानी गर्न जुटेका हौं।’

यसरी छलफलमा जुट्नुको कारण भने प्रधानमन्त्री ओलीकै चाहना रहेको उनले बताए।

सरकारेका नियमित काम, एमसीसी, यति होल्डिङ्सँगको साइनोलगायत विषयमा सरकार र प्रधानमन्त्री ओलीलाई अनावश्यक घेराबन्दीमा पारिएको भन्ने मुद्दा छलफलका एजेन्डा थिए।

‘यी विषय पनि छलफलमा आए। पार्टी र सरकारमा कसरी प्रभावकारी उपस्थिति जनाउने भन्ने बारेमै कुराकानी भयो,’ उनले भने। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

छलफलमा सहभागीमध्येका प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार मामिला राजन भट्टराईले भने उक्त भेट कुनै रणनीतिक छलफलका लागि आयोजना नगरिएको दाबी गरे। उनले भने, ‘केही साथी यसो जम्मा भएर चिया कफी खाएका मात्रै हो।’

दिउँसो ४ बजेदेखि छलफलमा जुटेका यी नेताहरू करिब साढे ८ बजेसम्म बसेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .