ad ad

छापा खबर


बलिउड हिरोइन दिशा पटानी भन्छिन् : मलाई अहिलेसम्म कसैकाे प्रेम प्रस्तावै आएन

बलिउड हिरोइन दिशा पटानी भन्छिन् : मलाई अहिलेसम्म कसैकाे प्रेम प्रस्तावै आएन

नेपालखबर
माघ २८, २०७६ मंगलबार १:८,

नजिकिँदो भ्यालेन्टाइन डेका कारण यतिबेला विश्वभर प्रेमिल सप्ताह चलिहरेको छ। प्रेमका नयाँ जोडी सप्ताहभर चकलेट डे, हग डे, किस डेदेखि प्रपोज डेसम्मका क्रियाकलाप चलिरहँदा भारतकै ‘नेसनल क्रस’ मानिने अभिनेत्री दिशा पटानीको अवस्थाचाहिँ कस्तो होला?

हालै रिलिज फिल्म ‘मलङ्ग’ का को–एक्टरसँग अन्तर्वार्ता दिन पुगेकी पटानीले प्रेमका मामिलामा आफू अभागी रहेको जिकिर गरेकी छन्। सुन्दर अभिनेत्रीाई पत्रकारले उनको जीवनमा कति प्रेम प्रस्ताव आए र कतिका दिन टुक्रिए होलान् भनेर राखेको जिज्ञासमा भनेकी छन्, ‘नढाँटी भन्नुपर्दा मलाई आजसम्म एउटै पनि प्रेम प्रस्ताव आएको छैन। स्कुलमा टमब्वायजस्तै थिएँ। फेरि बुवा पुलिसमा भएकाले पनि होला, कसैले प्रस्ताव पनि नगरेका। कलेजमा पनि कसैले प्रेम प्रस्ताव राखेनन्। अहिले फिल्म क्षेत्रमा छु। यहाँ पनि पार्टीहरूमा जाने गर्दिनँ। सायb जान्थें भने पनि प्रस्ताव आउँथ्यो होला। मेरो जिन्दगी त एकदमै दुःखी छ,’ दिशा पटानीले जवाफ दिइरहँदा आदित्य रोय कपुर, कुनाल खेमू र अनिल कपुरले हाँसो रोक्न सकेनन्।

अभिनेत्रीले भने प्रस्ताव आएको हुन्थ्यो भने आफूले पनि केही नरम भएर सोच्न सक्थें होला भन्दै प्रतिक्रिया दिइन्, आजको कान्तिपुरले लेखेको छ।

त्यसो त दिशा पटानी बलिउडमा प्रवेश गरेलगत्तै ‘बागी २’ को–एक्टर टाइगर श्राफसँग नाम जोडिएको थियो। मिडियामा समेत यी दुई जना रेस्टुरेन्टमा सँगै डिनर गरिरहेको फोटो छापिन्थे भने दुई जनाको प्रेममा आधारित गसिपले बलिउड गमाउँदै आइरहेको छ। तैपनि दुईले भने रिलेसनसिपमा नरहेको जिकिर गर्दै आइरहे।

अरू त अरू, टाइगरकी दिदीले समेत भाइले दिशासँग डेट गरिरहेको दाबी गर्र्दै टाइगर शतप्रतिशत सिंगल रहेको बताएकी थिइन्। उनले सुटिङ र फिल्मको कामबाट फुर्सद मिलेको समयलार्य टाइगरले पूरै जिममा बिताउने भएकाले पनि लभ र्गै बस्ने फुर्सद पाउला भन्ने आफूलाई नलाग्ने ठट्टा गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .