छापा खबर


बाँसघारीमा बहिनी र प्रेमी भेटिएपछि तीन दाजुभाई मिलेर हत्या

बाँसघारीमा बहिनी र प्रेमी भेटिएपछि तीन दाजुभाई मिलेर हत्या

नेपालखबर
माघ २७, २०७६ सोमबार १:१२,

रौतहटमा प्रेमिका भेटन गएका एक युवकको घाटि थिचेर हत्या गरिएको छ।

इशनाथ नगरपालिका ८ बस्ने २० वर्षीय छात्र मोहम्मद एहतेशामुल हकको प्रेमिका भेट्न गएकै ठाउँमा प्रेमिकाका दाजुभाइले घाटी थिचेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। यो खबर आजको राजधानी दैनिकले छापेको छ।

गत माघ १५ गते राति भिनाजुको भारतीय नम्वरको मोटरसाइकल लिएर राजपुर नपाको अकोलवामा प्रेमिका भेट्न गएका युवक हकलाई प्रेमिकाका तिन जना दाईले घाँटी थिचेर हत्या गरेका हुन्।

हत्या पछि अभियुक्तहरुले स्थानीय भकुवा खोलामा फालेको हको शब गत २० गते स्थानीयको सहयोगमा प्रहरीले बरामद गरेर अनुसन्धान गर्दा प्रेम सम्बन्धकै कारण हत्या भएको प्रहरी उपरिक्षक खडकाले जानकारी दिए।

माघ १५ गते राति ११ बजेको समयमा बाँस घारीमा युवक हक र उनको प्रेमिका बसेर कुरा गरिहेको अवस्थामा हैदर अली, असगर अली, असरफ अलीले युवक हकलाई बाँधेर भकुवा किनारमा लगेर हत्या गरेका प्रहरीको अनुसन्धानबाट पुष्टि भएको उपरिक्षक खड्काले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad