छापा खबर


कोरोना भाइरस रोक्न मानवरहित ड्रोनबाट छरियो हावामा विषादी

कोरोना भाइरस रोक्न मानवरहित ड्रोनबाट छरियो हावामा विषादी

नेपालखबर
माघ २६, २०७६ आइतबार १:२६,

नोवल कोरोना भाइरसको संक्रमण रोकथामका लागि चीनको दक्षिणपश्चिमी युनान प्रान्तको राजधानी कुन्मिङमा शनिबार ड्रोन प्रयोग गरी हावामा कीटाणुनाशक पदार्थ छरिएको छ।

एकपटकमा १० लिटर कीटाणुनाशक पदार्थ बोकेको उक्त ड्रोनले करिब ८ हजार वर्गमिटरमा कीटाणुशोधन गरेको अधिकारीले बताएका छन्।

हुबेई प्रान्तबाट ल्याइएका पर्यटक राखिएको क्षेत्रमा ड्रोनमार्फत कीटाणुनाशक पदार्थ छरिएको युनान सेन्ये एभिसियन टेक्नोलोजी कम्पनीले जनाएको छ, आजको कान्तिपुरले एजेन्सीलाई उधृत गर्दै खबर लेखेको छ।

मानवरहित ड्रोनको प्रयोगले मानिसबाट मानिसमा संक्रमण सर्न सक्ने जोखिम कम हुने र शीघ्र काम हुने कम्पनीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad