ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको तेस्रो दिन नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा रहेको बालुवाटारको जग्गा सुटुक्क सरकारका नाममा नामसारी भएको छ।
पौडेल र रेग्मीको अधिकृत वारेसनामा बालुवाटारको जग्गा शुक्रबार सरकारको स्वामित्वमा फिर्ता ल्याइएको हो। यो खबर आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन्।
मालपोत कार्यालय डिल्लीबजारका प्रमुख गोविन्दप्रसाद अधिकारीले पौडेल र रेग्मीको नाममा रहेको बालुवाटारको जग्गा सरकारको स्वामित्वमा फिर्ता आएको स्वीकार गरे।
‘शुक्रबार सबै काम हतारहतारमा पूरा भयो। शुक्रबार साँझसम्म यो काम जसरी भए पनि टुंग्याउन निर्देशन गरिएको थियो,’ स्रोतले भन्यो।

प्रतिक्रिया