भ्रूण हत्याको आरोप लागेपछि पाँचथरको कुम्मायक गाउँपालिकाका अध्यक्षसहित चारजना फरार भएका छन्।
अध्यक्ष जयबहादुर चेम्जोङसहितको दबाबमा आफूले २१ हप्ताको गर्भपतन गराएको भन्दै १९ वर्षीया युवतीले प्रहरीमा उजुरी दिएपछि अध्यक्षसहित चारजना फरार भएका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
पीडित युवतीले जिल्ला प्रहरी कार्यालयमा ७ जनाविरुद्ध उजुरी दिएकी छन्। त्समध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पछि गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङसहित चार जना सम्पर्कविहीन भएका हुन् ।
प्रहरीले फिदिमस्थित समर्पित हस्पिटलबाट भ्रूणको शव बरामद गरेको छ। प्लाष्टिकमा पोको पारेर माटोमा पुरेको अवस्थामा शब फेला परेको हो ।
उक्त अस्पतालमा गत २६ पुसमा कुम्मायकाकै १९ वर्षीय युवतीको २१ हप्ताको गर्भपतन गराइएको थियो। गर्भपतन गाउँपालिकाका अध्यक्ष चेम्जोङको दवावमा गरिएको युवतीको दाबी छ।
सोही गाउँपालिकाको स्याबरुम्बाका रमेश खड्कासँग अन्तरजातीय प्रेम विवाह गरेकी युवती गर्भवती भएपछि अध्यक्ष चेम्जोङसहित रमेशको परिवारले दवाव दिएर गर्भपतन गराएको भन्दै युवतीले जाहेरी दिएकी छन्।

प्रतिक्रिया