छापा खबर


यस्तो मास्कले रोक्छ कोरोना भाइरस

यस्तो मास्कले रोक्छ कोरोना भाइरस

नेपालखबर
माघ २०, २०७६ सोमबार ५:२०,

नेपालमा सर्जिकल मास्क र एन-९५ बढी खपत हुने गरेको छ। थ्री प्लाई भएको सर्जिकल मास्क सर्वसाधारणदेखि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले लगाउँछन्।

एन९५ भने केही महँगो पर्छ यसले भाइरस रोक्ने काम गर्छ। सर्जिकल मास्क नेपालमा प्रतिमहिना १० लाख पिस आउँछ भने एन-९५ मास्क करिब १० हजारको संख्यामा आउँछ। थ्री-एम ८२०१ मास्क भने ज्यादै न्यून आउँछ। यो मास्क उच्च क्वालिटीको हो।

रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्ष सुरेश घिमिरेले आजको नयाँ पत्रिकामा जानकारी दिएका छन्-

नेपालमा पनि सर्जिकल मास्क उत्पादन हुन्छ, तर दैनिक तीन हजारको संख्यामा। नेपालमा उत्पादन भएको मास्कले बजारको माग धान्न नसक्ने भएपछि भारत र चीनबाट नियमित रूपमा आयात हुँदै आएको थियो। भारतले अरू देशमा मास्क नपठाउने निर्णय गरिसकेको छ। नेपालको अन्तिम बजार भनेको चीन हो। तर, चीनमा पनि हाल देखिएको कोरोना भाइरसका कारण सबै उद्योग बन्द छन्। उनीहरूलाई अपुग भएर नेपालबाट खरिद गरेर लगेको अवस्था छ।

सरकारले अनुमति दिए हामी मलेसिया, ब्राजिलबाट भए पनि ल्याउनेछौँ। तर, केही महँगो पर्छ। बजारमा मास्क अभाव भएकाले प्रतिपिस दुई रुपैयाँ पर्ने सर्जिकल मास्क २० रुपैयाँ र तीन सय पर्ने एन९५ मास्क नौ सय रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad