विद्यालयमा शिक्षकले जाँडरक्सी पिएको भन्दै अभिभावकले बझाङको जयपृथ्वी नगरपालिका १ कैलाशमा रहेको नारायण माविमा तालाबन्दी गरेका छन्।
शिक्षकले जाँडरक्सी खाएर अभिभावकलाई हातपात र गालीगलौज गरेपछि विद्यालयमा ताला लगाइएको खबर आजको राजधानी दैनिकमा बझाङबाट डीबी विष्टले लेखेका छन्।
विद्यालयका शिक्षक ललित ऐडी, वीरेन्द्र खड्का र मीनबहादुर खड्काले आफूमाथि हातपात र गाली गलौज गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य पञ्चबहादुर सिंहले बताए।
दिउँसो २ बजे नै विद्यालय बन्द गरेर उनीहरुले विद्यालयमै बसेर रक्सी खाएको सिंहको आरोप छ।
यस्तो नगर्न आग्रह गर्दा उल्टै आफूमाथि हातपात भएको उनले बताए।
विद्यार्थीलाई नै रक्सी लिन पठाएर उनीहरुले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको सिंहको आरोप छ।

प्रतिक्रिया