कोरोना भाइरसबाट संक्रमितको उपचार गर्न चीनको उहानमा ६ दिनमा अस्पताल निर्माण हुनेछ।
कोरोना भाइरसले महामारीको रूप लिएपछि सरकारले अहिलेसम्मकै छोटो समयमा अस्पताल निर्माण गर्न लागेको हो। अस्पताल निर्माण शनिबार सुरु भइसेको छ।
एक करोढ १० लाख जनसंख्या भएको उहान कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ।
एजेन्सीलाई उधृत गर्दै आजको नयाँ पत्रिकामा खबर छ- भाइरस सरेको आशंकामा परीक्षण गर्न आउने मानिसका कारण सहकार अधिकतर अस्पतालमा भीड लागेको छ।
परीक्षण गर्न आउने तथा औषधि किन्न आउने मानिसको चापलाई मध्यनजर गर्दै सरकारले अस्पताल निर्माण थालेको हो।
नयाँ बन्न लागेको अस्पतालमा हजार बेड हुनेछन्। अस्पताल निर्माणका लागि ३५ डिगर र १० ओटा बुल्डोजरले खनिरहेको भिडियो चिनियाँ सञ्चारमाध्यमले सार्वजनिक गरेका छन्।

प्रतिक्रिया