छापा खबर


कोरोना भाइरसबारे चीनमा यस्तो भ्रम, नेपाली विद्यार्थी सुरक्षित

कोरोना भाइरसबारे चीनमा यस्तो भ्रम, नेपाली विद्यार्थी सुरक्षित

नेपालखबर
माघ १३, २०७६ सोमबार ०:३५,

चीनको उहानबाट नेपाल फर्किएका नेपालीमा कोरोना भाइरस संक्रमण भएको पाइएपछि चनीमा रहेका आफन्तका नेपालीले चिन्ता गर्न थालेका छन्।

तीन दिनदेखि उहानलाई चीनले सबै यातायातबाट विच्छेद गरेको छ। कोरोना भाइरस फैलिएको उहान र आसपासमा रहेका नेपालीले नागरिकसँग आफूहरू सुरक्षित रहेको बताएका छन्।

उहानमा मात्र सयको हाराहारीमा नेपालीमा विद्यार्थी छन्। उहानको प्राविधिक विश्वविद्यालयमा सिभिल इन्जिनियरिङमा स्नातकोत्तर गर्दै गरेका इटहरीका सन्दीप उप्रेती २ वर्षअगाडि चीन आएका हुन्। पहिले क्यान्टिनमा खाने गरेको तर यतिबेला वसन्त चाडले गर्दा रेस्टुरेन्ट र क्यान्टिन बन्द भएकाले आफूहरूले पकाएर खाँदै गरेको उप्रेतीले बताए।

बिदा भएकाले केही विद्यार्थी नेपाल फर्किएको र उहानमा रहेका सबै सकुशल रहेको उनले बताए। उप्रेतीले भने, ‘अहिले उहान सुनसान छ। कुनै पनि सार्वजनिक साधन चलेका छैनन्। विमानस्थलदेखि रेलवेस्टेसनसम्म्म बन्द छन्।’

कोरोना भाइरस संक्रमण बढेपछि विभिन्न माध्यमबाट आएका भ्रामक समाचार (फेक न्युज)का कारण चिनियाँ र विदेशीले दुःख पाएका छन्।

झ्याल पनि खोल्न नहुने, हेराहेर गर्दा आँखाबाटै भाइरस सर्ने, धोएर सुकाएको लुगाबाट पनि सर्ने, हवाईजहाजले आकाशबाट औषधि सर्ने, रक्सी खाँदा ठीक हुनेजस्ता भ्रामक समाचारले अन्योल बढाएपछि चीन सरकारले त्यस प्रकारका गतिविधि गर्नेलाई कारबाही गर्ने बताएको छ। यो खबर आजको नागरिक दैनिकमा चीनको बेइजिङबाट चेतनाथ आचार्यले लेखेका छन्।

विभिन्न विदेशी सञ्चारमाध्यमले पनि अवस्थालाई बढाईचढाई गरेर उछालेको भन्दै चीनले सचेत गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad