पैसा सस्तो र वस्तु\सेवा अचाक्ली महंगो भएको आजको आँखाबाट हेर्दा वि.सं.१८८३ को बजारभाउ पत्याइनसक्नुको देखिन्छ।
आजको हिमाल साप्ताहिकले आजभन्दा ९३ वर्ष अघि अर्थात् विसं १९८३ को बजार भाउ समेटिएको वरिष्ठ पत्रकार भैरव रिसालको लेख प्रकाशित गरेको छ।
मुद्राको मूल्य महंगो भएको जमाना थियो त्यो। त्यतिबेलाको बजार भाउ अहिले थेगिनसक्नुको महंगी भोगिरहँदा पत्याउनै मुश्किल पर्छ।
वि.सं. १९८३ को बजार भाउ
सुन एक तोलाको - २८ रुपैयाँ २५ पैसा
चाँदी एक तोलाको - ७५ पैसा
मट्टीतेल एक कुरुवा - ५८ पैसा
तामा एक धार्नी - ५ रुपैयाँ ३६ पैसा
काँस एक धार्नी - पिटुवा ८ रुपैयाँ २५ पैसा
- ढलुवा ६ रुपैयाँ ५० पैसा
आलु प्रतिधार्नी - १६ पैसा
मैकैको पिठो प्रतिधार्नी - २५ पैसा
गहुँ ३ मुरीको - १ रुपैयाँ
नुन साढे ६ पाथीको - १ रुपैयाँ
बिजुली एक युनिटको - २ आना

प्रतिक्रिया