छापा खबर


दुई ठाउँमा भिडियो एक्सरे गराउँदा पेटमा बच्चा तीन, तर जन्मिए चार

दुई ठाउँमा भिडियो एक्सरे गराउँदा पेटमा बच्चा तीन, तर जन्मिए चार

नेपालखबर
माघ ३, २०७६ शुक्रबार २:८,

महिनावारी रोकिएपछि स्याङ्जना पुतलीबजारकी सुनीता पौडेल प्रधान अस्पताल पुगिन्। जिल्ला अस्पतालमा जाँच गर्दा उनी गर्भवती भएको पत्ता लाग्यो। गर्भवती भएको ३७औं दिनमा गरिएको भिडियो एक्सरेले पेटमा तीनवटा बच्चा रहेको देखायो।

दुबईमा रहेका श्रीमान् गौरव प्रधान सुनीताको स्वास्थ्यबारे चिन्तित बने। चिकित्सकले सुनीता सुत्केरी हुने मिति फागुन ११ लाई तोकेका थिए। गौरव १८ दिनअघि घर फर्किए। सुनीतालाई लिएर पोखराको ओम अस्पतालमा जाँच गराए। त्यहाँ पनि तीनवटै देखिए। तीनवटा जन्माउँदा आमा र बच्चा जोखिममा पर्ने भएकाले काठमाडौांम लैजाने सोच बनाए। पछि आफन्तको सल्लाहमा पोखराकै मणिपाल शिक्षण अस्पताल पुर्‍याए। 

नौ दिनअघि स्त्रीरोग विशेषज्ञ डा. मेहन्द्रराज पाण्डेले सुनीताको रिपोर्ट हेरे। उनले सकुशल बच्चा जन्माउने र आमाको स्वास्थ्य बिग्रिन नदिने प्रतिबद्धता जनाए। प्रधान परिवारलाई ढाढस मिल्यो। रक्तचापको अवस्थाले गर्दा तोकिएको मितिअगावै २६ वर्षीया सुनीताको शल्यक्रिया गर्नुपर्ने भयो। आइतबार उनी अस्पताल भर्ना भइन्। बिहीबार बिहान ८ बजे शल्यक्रिया कक्षमा प्रवेश गराइयो। बाहिर गौरवको मन आत्तिएको थियो। साथीभाइ बटुलेर बसेका थिए।

९ः५० बजे एक नर्स हातमा बच्चा लिएर शल्यक्रिया कक्षबाहिर आइन्। गौरवलाई देखाउँदै भनिन्, ‘तपाईंका ३ छोरी र १ छोरा भए। आमा, बच्चा सबैको अवस्था राम्रो छ।’

गौरव अचम्ममा परे। भुइँमा खुट्टा भएन। ‘बिहानसम्म पनि तीनवटा छन् भन्ने थियो,’ उनले भने, ‘चम्ल्याहा जन्मिँदा झनै खुसी लाग्इयो। यो खबर आजको कान्तिपुरमा दीपक परियारले खबर लेखेका छन्।

सुनीतको यो दोस्रो गर्भ थियो। ३४ साता ४ दिनमा चार सन्तान जन्माएकी हुन्। उनीहरूका ५ वर्षीय छोरा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad