ad ad

छापा खबर


मालपोत र नापीमा किन जान मान्दैनन् कर्मचारी?

मालपोत र नापीमा किन जान मान्दैनन् कर्मचारी?

नेपालखबर
माघ २, २०७६ बिहिबार २:४८,

सेवाग्राहीको अत्यधिक चाप हुने मालपोत र नापीमा दरबन्दीभन्दा दुई हजार कर्मचारी अभाव छन् ।

लोकसेवाले पदपूर्ति नगर्दा खाली रहेका मालपोत र नापीका दरबन्दीमा अन्य कार्यालयका कर्मचारी पनि जान नमान्दा सेवा प्रवाहमै समस्या भएको खबर आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेका छन्।

बढी अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पछिल्लो समय मालपोत र नापीमा धेरै केन्द्रित छ । केही समययता अख्तियारले अदालतमा मुद्दा दायर गरेका कर्मचारीमा पनि मालपोत र नापीकै धेरै छन् ।

गत पुसमा मात्रै मालपोत र नापीका ११ कर्मचारीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । जसमध्ये चारजना रंगेहात पक्राउ परेका थिए । अख्तियारकै डरले पनि अन्य कार्यालयका कर्मचारी मालपोत र नापीमा जान मान्दैनन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आधाभन्दा बढी मालपोत कार्यालय प्रमुखविहीन छन् । प्रमुख मालपोत अधिकृतको ५९ दरबन्दी भएकोमा ३१ पद रिक्त छ ।

त्यस्तै दुई सय ४९ मालपोत अधिकृतमध्ये ८६ को पदपूर्ति हुन सकेको छैन । विभागमा मालपोतको कुल स्वीकृत दरबन्दी तीन हजार एक सय २० रहेकोमा आठ सय २५ कर्मचारी रिक्त छन् ।

‘कर्मचारी अभावले विभागको काममा निकै असर पारेको छ, कामै गर्न सकिएको छैन । कर्मचारी पूर्ति गर्न हामीले तालुक मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग माग गरिरहेका छौँ । तर, पर्याप्त कर्मचारी पाउन सकिएको छैन,’ विभागका निर्देशक भरत गौतमले भने, ‘अहिले अधिकृत र नासुमा लोकसेवाले कर्मचारी भर्नाको प्रक्रिया थालेको छ, यसपछि पूर्ति होला कि।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .