सडकमा अञ्चलअनुसारको पुरानो, इम्बोस्ड र प्रदेशवाला गरी तीन खाले नम्बर भएका सवारी गुडिरहेका छन्।
प्रदेशको नामाकरणपछि सवारी साधनको नम्बर प्लेट फेरि परिवर्तन गर्नुपर्ने भएको खबर आजको कान्तिपुर दैनिकले छापकोका छ।
प्रदेश ३ को नाम वागमती राखिएपछि नम्बर प्लेटमा पनि वागमती नै राख्ने तयारी थालिएको छ।
‘प्रदेशको नाम वागमती हुने राजपत्रमा प्रकाशित भइसकेपछि लेटरप्याड र कार्यालयको साइन वोर्ड पनि परिवर्तन गरिसक्यौँ,’ सानाठूला सडक कार्यालयका प्रमुख वसन्तप्रसाद पन्थीले भने, ‘अब चाँडै प्रदेशको नामबाट सवारी साधनको नम्बर प्लेट पनि जारी गर्छौं।’
प्रतिक्रिया