छापा खबर


उपत्यकाका सार्वजनिक बसमा उडुस आतंक

उपत्यकाका सार्वजनिक बसमा उडुस आतंक

नेपालखबर
माघ १, २०७६ बुधबार २:८,

रुखो बोलीका यातायात मजदुर, त्यसमाथि यात्रुको लुगै मैलो हुने गरी फोहोर र कपडै च्यात्ने थोत्रा सिटहरू काठमाडौं उपत्यकामा गुड्ने कतिपय सार्वजनिक सवारीसाधनमा देखिएको यो ज्वलन्त समस्या हो।

त्यति मात्र होइन, भाडा उठाउनकै लागि यात्रुलाई कोचाकोच गरिन्छ। ट्राफिक प्रहरी प्रमुख भीम ढकाल यसमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्छन् तर कति सम्भव होला? यति मात्र सार्वजनिक सवारीको समस्या होइन।

कतिपय सार्वजनिक सवारीमा उडुसकै आतंक भएको यात्रु बताउँछन्। उडुस नै घर पुग्ने गरी सर्छन् भने जुम्रा, उपियाँ नहुने कुरै भएन। महानगरीय ट्राफिक प्रहरी महाशाखाका एक अधिकारी भन्छन्, ‘अनुगमनका क्रममा सिटहरू ठुस्स गन्हाउने भेटियो। उडुस भेटिएको यात्रु नै बताउने गर्छन्। धेरै सवारीका भाँचिएका, थोत्रा र मैलो सिट पनि भेटिए।’

सार्वजनिक यातायातका सवारीको बेथितिका सम्बन्धमा धेरैको गुनासो आयो, ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ढकालले थपे, ‘बारम्बार सरसफाइ र सुधारका लागि आग्रह गर्दा पनि अटेर गर्नेलाई कारबाही गर्न अनुगमनमा खटिनु परेको हो।’

सुन्धारा क्षेत्र भएर सञ्चालन हुने करिब ३० वटा सार्वजनिक सवारीसाधनलाई अनुगमन गरिएको छ। यो खबर आजको गोरखापत्रमा देवबहादुर कुँवरले लेखेका छन्।

अनुगमनका क्रममा सवारी साधन तथा चालक र सहचालकमा देखिएका कमीकमजोरी २४ घण्टाभित्र सुधार गर्न प्रतिबद्धतापत्रमा समेत हस्ताक्षर गराइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad