समाज


अवैध यौन गतिविधिमा संलग्न ७३ जना नयाँ बसपार्कबाट पक्राउ

अवैध यौन गतिविधिमा संलग्न ७३ जना नयाँ बसपार्कबाट पक्राउ

नेपालखबर
माघ १, २०७६ बुधबार २:३,

नयाँ बसपार्क क्षेत्र गंगबुबाट प्रहरीले अनैतिक यौन क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४३ पुरुष, २५ युवती र पाँच तेस्रोलिङ्गी छन्।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले मंगलबार दिउँसो नयाँ बसपार्क क्षेत्रका होटलहरुमा छापा मारेर यौन क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको हो।

नयाँ बसपार्क क्षेत्रका खाजाघर तथा रेस्टुरेन्टमा चलाइएको ‘स्विप अप्रेशन’ का क्रममा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए।

‘बसपार्क क्षेत्रका होटलमा दिउँसै अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयवासीको गुनासोका आधारमा छापा मारेका हौँ,’ लम्सालले भने।

पक्राउ परेकाहरु लागुऔषध दुव्र्यसनी, वेश्यावृत्ति र असामाजिक गतिविधिमा संलग्न भएका प्रहरीले जनाएको छ। उनीहरुमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad