छापा खबर


गण्डकी मेडिकल कलेजका सञ्चालक अर्यालको सबै सम्पत्ति रोक्का

गण्डकी मेडिकल कलेजका सञ्चालक अर्यालको सबै सम्पत्ति रोक्का

नेपालखबर
माघ १, २०७६ बुधबार १:३,

चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई ठगेको आरोपमा मुद्दा खेपिरहेका गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्यालसँग करिब एक अर्ब रुपैयाँको सम्पत्ति भेटिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको प्रारम्भिक अनुसन्धानमा अर्यालको मेडिकल कलेज मात्र नभई हाइड्रो तथा बैंकमा समेत लगानी भेटिएको खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

उनले तिरेको करको तुलनामा अस्वाभाविक सम्पत्ति भेटिएको विभागले जनाएको छ।

विभागले अर्याल र उनका आफन्तका नाममा रहेको सम्पत्ति रोक्का राखी बयानमा बोलाउने तयारी थालेको छ । मेडिकल कलेजहरूले विद्यार्थी ठगेको उजुरीपछि विभागले उनीसहित सबै निजी मेडिकल कलेजका सञ्चालकका सम्पत्ति छानबिन गरिरहेको छ । विभागले पहिलो प्राथमिकतामा अर्याललाई राखेको छ।

विभागले अर्यालको सबै बैंक खातासमेत रोक्का राखेको छ । मुद्दा दायरका लागि खाता रोक्का राखेर बयानमा बोलाउन लागेको हो।

रोक्का राखेपछि विभाग आफैँले त्यसलाई फुकुवा गर्न सक्दैन, अदालतको आदेशमा मात्र फुकुवा हुन्छ । मुद्दा चलाउने आधार भेटिएपछि मात्र यसरी सम्पत्ति रोक्का राख्ने गरिन्छ ।

‘धेरै सम्पत्तिको स्रोत नखुलेपछि रोक्का राखेर छानबिन अघि बढाएका हौँ,’ विभागका एक अधिकारीले भने, ‘विद्यार्थी ठग्ने मेडिकल कलेजमाथिको कारबाही अब कसैले रोक्न सक्दैन।’

स्याङ्जाको भिरकोट नगरपालिका–७ स्थायी घर भएका खुमा अर्यालको गण्डकी मात्र नभई युनिभर्सल मेडिकल कलेजमा समेत लगानी छ।

गण्डकीमा उनको सात करोड ८२ लाख ५० हजार रुपैयाँ लगानी छ । त्यस्तै, भैरहवास्थित युनिभर्सल इन्स्टिच्युट अफ स्टडिज एन्ड रिसर्च सेन्टरमा १८ करोड ८८ लाख रुपैयाँ लगानी छ । युनिभर्सलमै उनले दाजु भेषराज अर्यालको नाममा ६ करोड ८१ लाख ८७ हजार आठ सय रुपैयाँबराबरको सेयर लगानी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad