छापा खबर


दसैं-तिहार २५ दिन पर सर्‍याे, विवाहकाे लगन पनि १५ वटा मात्रै

दसैं-तिहार २५ दिन पर सर्‍याे, विवाहकाे लगन पनि १५ वटा मात्रै

नेपालखबर
माघ १, २०७६ बुधबार ०:५६,

विक्रम संवत् २०७७ को दसैं र तिहार २५ दिन पर धकेलिएको छ।

नयाँ पात्रोअनुसार असोज एक महिना मलमास परेकाले दुई चाड करिब एक महिना धकेलिएको हो। पञ्चांग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले मलमासका कारण विवाहको लगनलाई समेत असर पारेको जानकारी दिए।

आउँदो वर्ष विवाहको लगन करिब १५ दिनजति मात्रै छ। २०७६ सालमा करिब विवाहको लगन ३० दिन परेको थियो। व्रतबन्धको साइत जम्मा ५ दिन मात्रै परेको छ। यो खबर आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन्।

पञ्चांग निर्णायक समितिले निर्णयगरेअनुसार २०७७ सालको घटस्थापना कात्तिक १ गते परेको छ। तिहार कात्तिक २८ गते सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad