छापा खबर


उपसभामुख तुम्बाहाङफेको यत्रो शक्ति!

उपसभामुख तुम्बाहाङफेको यत्रो शक्ति!

नेपालखबर
पुस २९, २०७६ मंगलबार ०:४१,

उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा नदिए पार्टीले चाहेर पनि पदबाट हटाउन वा थप कारबाही गर्न नसक्ने अवस्था देखिएको छ।

संवैधानिक र कानुनी रुपमा उनी बलियो अवस्थामा छिन्। यो खबर आजको कान्तिपुर दैनिकमा राजेश मिश्रले लेखेका छन्।

उनीमाथि दलको ह्वीप त लागू हुन सक्दैन नै, पदीय आचरणअनुकूल काम नगरेको महाअभियोगमा प्रस्ताव पेस गरिए त्यसलाई पारित गर्न पनि नेकपासँग दुई तिहाइ छैन।

नेकपाले राजीनामा गर्न दिएको निर्देशन उनले नमानेपछि उव्जिएको प्रश्न हो पार्टीले उनलाई कारबाही गर्न सक्छ? सांसद पदबाट निकाल्न सकछ? कानुनले भन्छ सक्दैन।

उपसभामुख भएपछि दलको साधारण सदस्य पनि नरहेकी उनीमाथि पार्टीले कारबाही गर्न सक्ने अवस्था छैन।

उनी सत्तारुढ दल नेकपाको समानुपातिक सांसद हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad