कोरियाको कृषि क्षेत्रमा कामदार पठाउन समस्या भएको छ। मौसमअनुसार काम हुने र हिउँ पर्दा काम नहुनेलगायत कारण कृषिमा पास भएका अधिकतर युवा कामका लागि कोरिया जान पाएका छैनन्।
कोरिया भाषा पास भएका साढे ५ हजारभन्दा बढी युवा कोरिया जान पाएका छैनन्। कृषि क्षेत्रमा मौसमअनुसार माग आउने भएकाले भाषा पास भएका अधिकतर युवा रोकिएको खबर आजको अन्नपूर्ण पोस्टमा तुलसी सुवेदीले लेखेका छन्।
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियाले म्यानुफ्याचरिङ र कृषि क्षेत्रमा सन् २००८ देखि कामदार लगिरहेको छ।

प्रतिक्रिया