ad ad

छापा खबर


कहाँ पुग्यो महराको मुद्दा?

कहाँ पुग्यो महराको मुद्दा?

नेपालखबर
पुस २८, २०७६ सोमबार १:५१,

जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि थुनामा राखिएका पूर्वसभामुख कृष्णबहादुर महराको अन्तिम सुनुवाइ सुरु भएको छ।

काठमाडौं जिल्ला अदालतमा आइतबार भएको सुनुवाइपछि सरकारी साक्षीलाई वकपत्रका लागि उपस्थित हुन आदेश भएको छ।

संसद् सचिवलायकी कर्मचारीमाथि जबर्जस्ती प्रयास गरेको अभियोगसहित सरकारी वकिलले महरालाई ७ वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्तिको मागसहित अदालतमा मुद्दा चलाएको छ।यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ।

जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले घटना भएको दिन गत असोज १२ गते रोशनी शाहीको डेरामा महरासँग पुगेका प्रहरी, महानगरीय प्रहरी बानेश्वर वृत्तका प्रहरी, विधि विज्ञान प्रयोगशालाका विज्ञ र पीडितको उपचारमा संलग्न चिकित्सकलाई सरकारी साक्षीका रुपमा बकपत्रका लागि डाकेको हो। उनीहरुले साक्षी बकपत्र गरेपछि महराका साक्षीहरुको बकपत्र हुने छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .