छापा खबर


अमेरिका-इरानबीच यसरी रोपिएको थियो दुश्मनीको पहिलो बीउ

अमेरिका-इरानबीच यसरी रोपिएको थियो दुश्मनीको पहिलो बीउ

नेपालखबर
पुस २४, २०७६ बिहिबार २:१५,

अमेरिकासँग इरानको दुश्मनीको पहिलो बीउ सन् १९५३ मा रोपिएको थियो। अमेरिकी जासुसी संस्था सीआईएले बेलायतसँग मिलेर इरानमा सत्ता परिवर्तन गर्‍याे।

खासगरी निर्वाचित प्रधानमन्त्री मोहम्मद मोसद्दिकलाई सत्ताच्युत गरेर अमेरिका र बेलायतले इरानका राजा शाह रजा पहलवीलाई सुम्पिए।

धर्म निरपेक्षतामा विश्वास गर्ने इरानी प्रधानमन्त्री इरानको तेल उद्योगलाई राष्ट्रियकरण गर्न चाहन्थे।

उनी निर्वाचित भएलगत्तै सो कुरालाई अघि बढाउने हुँदा बेलायत र अमेरिकाको ठूलो लगानी रहेको तेल उद्योग आफ्नो हातबाट फुत्किने भयका कारण निर्वाचित प्रधानमन्त्रीलाई कु गरेर हटाइयो मात्र होइन, राजलाई सत्तामा आसिन गराइयो। यसो गर्दा अमेरिका र बेलायतले सीधासीधा राजालाई नियन्त्रण लिन सक्थे।

आज बिहीबार प्रकाशित शुक्रबार साप्ताहिकले बीबीसीबाट साभार गरेको सामग्रीमा भनिएको छ : विश्वयुद्धपछि कुनै निर्वाचित प्रधानमन्त्रीलाई सत्ताच्युत गर्न भूमिका खेलेको यो अमेरिकाको पहिलो अनुभव थियो। यो सफलतापछि त अमेरिकाको विदेश नीति नै यसैलाई बनाउन थालियो।

१९५३ मा जब कु गरियो, त्यसको बदलास्वरूप १९७९ मा इरानमा क्रान्ति भयो र त्यसले राजको शासन नै अन्त्य गर्‍याे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad