छापा खबर


पत्रकार सम्मेलनमा ‘गर्भवती’ भनेपछि दीपिका आक्रोसित

पत्रकार सम्मेलनमा ‘गर्भवती’ भनेपछि दीपिका आक्रोसित

नेपालखबर
पुस २२, २०७६ मंगलबार १:३५,

आफ्नो नयाँ फिल्म ‘छपाक’ को प्रचारमा लखनउ पुगेकी बलिउड अभिनेत्री दीपिका पादुकोण पत्रकार सम्मेलनमा रिसाएकी छन्।

‘तपाईं गर्भवती हुनुहुन्छ भन्ने चर्चा छ, खासमा कति भयो गर्भवती हुनुभएको?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा दीपिका रिसाएकी खबर आजको राजधानी दैनिकले छापेको छ।

फिल्मबारे राखिएको पत्रकार सम्मेलनमा गर्भवतीसम्बन्धी सोधिएको प्रश्न दीपिकालाई पटक्कै मन परेन।

उनले पत्रकारसँग रिसाउँदै प्रश्न गरिन्, ‘के तपाईंको अगाडि अहिले उभिएकी म गर्भवती जस्तो देखिएकी छु?, अब म कहिले बच्चा जन्माऊँ भनेर तपाईंसँग सोधेर योजना बनाऊँ?’ निकै आक्रोसित हुँदै दीपिकाले भनिन्, ‘ठीक छ यदि तपाईं अनुमति दिनुहुन्छ भने म कहिले गर्भवती नहुने योजना बनाउँछु, हैन भने यस्तो बेकारका प्रश्न मलाई नगर्नुस्।’

आफ्नो फिल्मबारे भन्दा पनि व्यक्तिगत जीवनसम्बन्धी पत्रकारले बढी प्रश्न गरेर हैरान पारेको गुनासो उनले गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad