छापा खबर


ज्ञानेन्द्रले भत्काउन लगाएको दरबार हत्याकाण्डस्थल सर्वसाधारणका लागि खुला गर्ने तयारी

ज्ञानेन्द्रले भत्काउन लगाएको दरबार हत्याकाण्डस्थल सर्वसाधारणका लागि खुला गर्ने तयारी

नेपालखबर
पुस २२, २०७६ मंगलबार १:५१,

अबको एक वर्षपछि दरबार हत्याकाण्ड भएको विस्तारित स्थान सर्वसाधारणलाई खुला हुने भएको छ।

राजा वीरेन्द्रको वंशविनाश हुनेगरी २०५८ साल जेठ १९ गते भएको हत्याकाण्ड स्थल विलियार्ड बैठकसँगै जोडिएको त्रिभुवन सदनको निर्माणको गति हेर्दा एक वर्षको हिसाब निस्किएको हो।

यो खबर आजको समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले लेखेका छन्।

युवराजधिराज पद पाएपछि छुट्टै बस्ने परम्पराअनुसार दीपेन्द्र १८ वर्ष उमेर पुगेपछि त्रिभुवन सदनमा बस्दै आएका थिए। दीपेन्द्रको निजी निवासको रुपमा रहेको सो सदन दरबार हत्याकाण्डपछि तत्कालीन राजा ज्ञानेन्द्रले पूर्ण रुपले भत्काउन लगाएका थिए।

नारायणहिटी दरबार तथा गणतन्त्र स्मारक व्यवस्थापन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार बिलियार्ड बैठकबाट भर्याङ चढेर त्रिभुवन सदनको दीपेन्द्र बस्ने कक्ष पुग्ने जो संरचना थियो, त्यसलाई उही नाप–नक्सामा तयार पारिएको छ।

हत्याकाण्डअघि त्रिभुवन सदनजस्तो अवस्थामा रहेको थियो, सोही संरचना खडा हुनेछ।

समितिले सदन निर्माण भएलगत्तै दरबार हत्काकाण्ड हुँदाका बखत रहेका दीपेन्द्रका सामग्री जस्ताको तस्तै राख्ने तयारी गरिरहेको छ। विकास समिति हुनुअघि नारायणहिटी संग्रहालयले करिब दुई करोड रुपियाँको लागतमा पहिलो चरणको काम सम्पन्न गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad