छापा खबर


बट्टाको जुसले बढाउँदैछ ४० नकट्दै मधुमेह

बट्टाको जुसले बढाउँदैछ ४० नकट्दै मधुमेह

नेपालखबर
पुस २०, २०७६ आइतबार ४:७,

एक ६०-६५ वर्षे व्यक्ति बजारमा पाइन ‘नरिवाल पानी’ र ‘जुस’ स्वस्थकर हुन्छ भनेर दिनमा चार-पाँच गिलास पिउँथे। साथीभाइले बट्टाको जुसमा चिनी धेरै हुन्छ, धेरै पिए बिगार गर्छ भन्दा पनि उनले पत्याएनन्।

‘विज्ञापनमा फलफूलको रस हो, चिनी मिसाएको छैन भन्छ, यस्तोले के खराबी गर्छ र!’, उनी भन्थे।

साथीभाइको आग्रहमा जाँच गराउँदा रगतमा चिनीको मात्रा (ग्लुकोज) निकै बढेको देखियो। आफूले मिठाई, केक, चिनी, पत्रुखाना खाने नगरे पनि शरीरमा चिनीको मात्रा कसरी बढ्यो भनेर उनी चकित परे। पछि उनले भने, ‘यो सबै ‘ताजा’ भनेर खाएको बट्टाको जुसको कमाल हो।

सामान्यतः मधुमेह दुई प्रकारका हुन्छन्। पहिलो प्रकारको मधुमेहमा मानिसको शरीरमा इन्सुलिन अभाव हुन्छ। दोस्रो प्रकारको मधुमेहमा प्रायः ४०–५० वर्षको उमेर कटेपछि अस्वस्थकर जीवनशैली, मोटोपनाका कारणले धेरै हुन्छ। यसमा शरीरमा रहेको इन्सुलिनले राम्रोसँग काम गर्दैन। विदेशतिर ४० वर्षको उमेरपछि देखिने यो समस्या नेपालमा भने त्यसअघि नै देखिन थालेको छ।

अमेरिकामा अध्ययन गरिरहेका ३० वर्षीय एक विद्यार्थी बिदामा नेपाल आए। अमेरिका बस्दा पिज्जा, चिसो पेय पदार्थ र बट्टाको जुस आदिले छाक टार्दा रहेछन्। उनको वजन नै १०४ थियो। नेपाल आएपछि अस्वाभाविक रूपले वजन घट्यो र धेरै थकाइ पनि लाग्न थाल्यो।

परीक्षण गर्दा चिनीको मात्रा धेरै भएर मिर्गाैलामा समेत खराबी आइसकेको थियो। आज आइतबारको हिमाल साप्ताहिकमा डा. अरुणा उप्रेती डा. ज्योति भट्टराईले संयुक्त रूपमा ‘चालिस नकटी मधुमेह’ लेख लेखेर मधुमेहबारे विस्तृत जानकारी दिएका छन्।

४० वर्षमुनिका युवामा मधुमेहको समस्या चिन्ताजनक रूपमा बढ्दो छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad