छापा खबर


ओलीको मधेश कार्ड : एक तिर, तीन सम्भावना

ओलीको मधेश कार्ड : एक तिर, तीन सम्भावना

नेपालखबर
पुस २०, २०७६ आइतबार ३:१२,

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली साना विपक्षी दलहरुलाई समय र परिस्थिति अनुसार पकडमा राख्न सफल देखिएका छन्।

आजको हिमाल साप्ताहिकमा प्रकाशित विष्णु रिजालको लेखका अनुसार ओलीले पछिल्लो पटक राजपासँगको सम्झौताबाट मधेशका कुनै पनि दललाई आवश्यक परेका बेला उपयोग गर्न सक्ने सन्देश दिएका छन्।

सीके राउतदेखि राजपासम्मको सम्बन्धलाई प्रम ओलीले आफू विरुद्ध प्रयोग हुने मधेश कार्डका विरुद्धमा तयार गरेको मधेश कार्डको रुपमा बुझ्न सकिन्छ।

नेकपा राजपा सहमतिले उपेन्द्र यादवलाई सत्ताबाट बाहिर निकालेसँगै तीन सम्भावना देखा परेका छन्।

प्रम ओलीले सचेत प्रयत्नका कारण निर्माण भएको यस सम्भावनालाई आफू अनुकूल उपयोग गर्ने सुविधा पनि उनैलाई छ।

सहमतिको पहलो सम्भावना हो, राजपाको सत्तारोहण। दोस्रो, प्रदेश सरकार परिवर्तन र तेस्रो पार्टी एकताको सम्भावना अन्त्य।

यो स्थितिलाई आकलन गर्दा मधेशकेन्द्रीत दलहरुबीच गठजोर मिल्ने सम्भावना तत्कालका लागि सकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .