मार्सल आर्ट फिल्मका विश्वविख्यात स्टार ब्रुस लीकी छोरी सैनन लीले एक चिनियाँ रेस्टुरेन्टविरुद्ध मुद्दा दायर गरेकी छन्। सोहीअनुरूप लीले रेस्टुरेन्टसँग २ करोड १० लाख युआन बराबर क्षतिपूर्ति मागदाबी गरेकी छन्।
यसका साथै उनले रेस्टुरेन्टसँग आफ्नो बुवाको कुनै सरोकार नभएकाले लगातार त्यतिका दिनसम्म फोटो राख्नाको कारण प्रस्ट्याउनसमेत माग गरेकी छन्। सैनन हाल लस एन्जसलसमा ‘ब्रुस ली इन्टरप्राइजेज’ कम्पनी चलाउँछिन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ।
यता रेस्टुरेन्टले भने यतिका वर्षपछि मुद्दा हालेकामा द्विविधामा परेको बताएको छ। यो रेस्टुरेन्ट सन् १९९० मा सुरु भएको थियो। सो कम्पनीले सन् २००४ बाट ब्रुस लीजस्तै देखिने व्यक्तिको फोटो प्रयोग गरिरहेको छ। उक्त रेस्टुरेन्टको देशभर ६ सयभन्दा बढी शाखा छन्।
Shares

प्रतिक्रिया