छापा खबर


वैदेशिक व्यापार : २७ मुलुकसँग नाफा, ११२ सँग घाटा

वैदेशिक व्यापार : २७ मुलुकसँग नाफा, ११२ सँग घाटा

नेपालखबर
पुस १८, २०७६ शुक्रबार ०:५५,

वैदेशिक व्यापारमा नेपालले २७ मुलुकसँग मात्र नाफा गरेको पाइएको छ।

११२ मुलुकसँग भने नेपालको व्यापार घाटामा रहेको खबर आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छन्।

चालु आवको पाँच महिनामा १३९ मुलुकसँग भएको व्यापारमा नेपालले २७ मुलुकसँग मात्र नाफा गरेको हो।

काजकिस्तान, यमन, कोलम्बिया, कंगो, माल्दिभ्स, सुडान, अफगानिस्तान, होन्डुरस, हैटीलगायतका २७ मुलुकसँग नेपालको व्यापार नाफामा छ। नाफामा रहेका मुलुकमध्ये अधिकांशसँग नेपालको न्युन मात्रामा व्यापार हुन्छ।

पाँच महिना अवधिमा ६ खर्ब २८ अर्ब ८७ करोड रुपैयाँको व्यापार भएको भन्सार विभागले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad