छापा खबर


३० वर्षे प्रावधान : संघीय प्रहरी ऐनको मस्यौदा तयार

 ३० वर्षे प्रावधान : संघीय प्रहरी ऐनको मस्यौदा तयार

नेपालखबर
पुस १७, २०७६ बिहिबार ३:४२,

सरकारले नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कायमै राखेर संघीय प्रहरी ऐनको मस्यौदा तयार पारेको छ।

अवकाशमा जाने आधारका रूपमा रहेका उमेर, पदावधि र सेवा अवधिको व्यवस्थालाई संघीय प्रहरी ऐनमै राख्ने गरी गृह मन्त्रालयले ‘नेपाल प्रहरीको गठन तथा सेवाका सर्तसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७६’ को मस्यौदा बनाएको हो।

‘प्रहरी कर्मचारीको अवकाश हुने अहिले कायम रहेको ३० वर्षे सेवा अवधि, पदावधि र उमेर हदलाई संघीय प्रहरी ऐनमै समावेश गर्ने गरी विधेयकको मस्यौदा तयार पारिएको छ,’ गृहस्रोतले भन्यो, ‘यसलाई कानुन मन्त्रालयबाट सुझाव लिएर मन्त्रिपरिषद्मा पेस गर्ने तयारी छ।’

मस्यौदा केही दिनभित्रै कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउन लागिएको खबर आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन्।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विधेयकको मस्यौदाले पूर्णता पाइनसकेकाले केही नबोल्ने बताए। उनले भने, ‘यो विषय छलफलकै क्रममा भएकाले अहिले नै नबोलौं।’

यसअघि प्रहरी कर्मचारीलाई नेपाल प्रहरी र प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वयसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad