छापा खबर


बलात्कार मुद्दामा धरौटी : सिद्धबाबालाई छाड्ने न्यायाधीश यसरी परे शंकाको घेरामा

बलात्कार मुद्दामा धरौटी : सिद्धबाबालाई छाड्ने न्यायाधीश यसरी परे शंकाको घेरामा

नेपालखबर
पुस १७, २०७६ बिहिबार ०:२२,

जिल्ला अदालत सुनसरीले बलात्कार मुद्दामा हनुमान मन्दिर आश्रमका सिद्धबाबा कृष्णबहादुर गिरीलाई कानुनी धरातलबेगर छाडेको भेटिएको छ।

पीडितको किटानी जाहेरीका साथै आरोपलाई स्थापित गर्ने दुई फरक प्रमाण हुँदासमेत इजलासले धरौटीमा छाड्ने आदेश दिएको खबर आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवाली र प्रदीप मन्याङ्बोले लेखेका छन्।

साधनाको लागि भनेर आश्रममा बोलाएर गिरीले आफूलाई बलातकार गरेको भनी एक पीडितले प्रहरीमा जाहेरी दिएक थिइन्।

त्यही उजुरीमाथिको अनुसन्धानपछि प्रहरीले दायर गरेको मुद्दाको सुनुवाइपछि न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले सिद्धबाबालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको हो।

तर, आदेशका क्रममा लिइएका आधार र व्याख्याले न्यायाधीशलाई नै प्रश्नको घेरामा पारेको छ।

भोला बराल भन्ने व्यक्तिको फोनबाट भएको कुराकानीमा सिद्धबाबाले पीडित महिलालाई ‘मबाट एक पटक गल्ती भयो, माफ पाऊँ अब त्यस्तो हुँदैन, भयो भने म लिंग नै काटेर फालिदिन्छु,’ भनेका छन्।

धेरै प्रमाण हुँदाहुँदै न्यायाधीश उप्रेतीले आफैँमा विरोधाभासयुक्त आदेश त दिएका छन् नै, आफैँले ग्रहण गरेको प्रमाण र सूचना पछि खण्डन हुने गरी आदेश पनि लेखेका छन्।

सिद्धबाबाका पक्षमा भएका प्रमाण मात्रै मिहीन ढंगले केलाइएको छ। पीडितका पक्षमा हुने खालका प्रमाणको विवेचनामा आदेश मौन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad