नेपाल र भारतमा धर्म निरपेक्षता र राजनीति विषयमा कीर्तिपुरमा भएको अन्तर्राष्ट्रिय सेमिनारमा धर्म निरपेक्षताको आलोचना भएको छ।
नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) को आयोजनामा भएको कार्यक्रममा भारत हरियाणाको भगत पुल सिंह महिला विश्वविद्यालयकी उपकुलप्रति सुष्मा यादवले नेपाल–भारतका सन्दर्भमा धर्म निरपेक्षता उचित नभएको भनाइ राखिन्।
यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
भारत सरकारले केही समयअघि पास गरेको नागरिकता संशोधन विधेयकलाई बहादुरीपूर्ण निर्णय भएको उनको भनाइ थियो।
मुस्लिम धर्म मान्ने नागरिकलाई त्यसबाट कुनै समस्या नभएको उल्लेख गर्दै उनले सरकारको उक्त निर्णय ठीक भएको दाबी गरिन् । जवाहरलाल नेहरू विश्वविद्यालयले एउटा एजेन्डाअनुसार पढाउने पनि उनले बताइन्।
सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले धर्म निरपेक्षता एउटा शैक्षिक विषयमात्र नभई यसलाई व्यवहारमा कसरी लागू गर्ने भन्ने रहेको बताए।

प्रतिक्रिया