छापा खबर


त्रिविमा ऐनविपरीत धमाधम तीनमहिने नियुक्ति

त्रिविमा ऐनविपरीत धमाधम तीनमहिने नियुक्ति

नेपालखबर
पुस १२, २०७६ शनिबार २३:४६,

भुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले त्रिवि ऐनविपरीत विभिन्न विभाग र क्याम्पसमा तीनमहिने नियुक्ति गर्न थालेका छन्।

उपकुलपति नियुक्त भएको दुई महिनाभित्रै उनले ६ भन्दा बढी पदमा नियुक्ति गरिसकेका खबर आजको कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन्।

बाँस्कोटाले पदाधिकारीदेखि विभिन्न नियुक्तिमा भागबन्डालाई निरन्तरता दिएका छन्। भागबन्डाकै आधारमा शुक्रबार प्राध्यापक डा.पेशल दाहाललाई रजिस्ट्रार नियुक्त गरिएको छ।

उपकुलपति बाँस्कोटाको सिफारिसमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाललाई नियुक्त गरेका हुन् । उनले शुक्रबारै पदबहाली गरेका छन्।

त्रिवि ऐनमा उपकुलपतिले रजिस्ट्रारका लागि सम्भावितहरूको नाम कुलपतिसमक्ष सिफारिस गर्ने र तीमध्ये एक जनालाई नियुक्ति दिने प्रावधान छ।

बाँस्कोटाले रजिस्ट्रारका लागि दाहाल, व्यवस्थापन संकायका डिन डिल्लीराज शर्मा र उच्चशिक्षा परियोजनाका पूर्वसंयोजक शंकर भण्डारीको नाम सिफारिस गरेका थिए।

बाँस्कोटाले पोखरास्थित वन विज्ञान क्याम्पसको प्रमुखमा रामप्रसाद शर्मा र मानविकी संकायको सहायक डिनमा ताराप्रसाद भुसाललाई नियुक्त गरेका छन् । यी दुवै जनालाई तीनमहिने नियुक्ति दिइएको हो । उक्त नियुक्तिमा डिन कार्यालय र प्राध्यापकले असन्तुष्टि जनाउँदै आएका छन्।

दुई विभाग र क्याम्पसमा पनि त्रिवि कार्यकारी परिषद्को निर्णयबिनै यस्तै नियुक्ति दिइसकिएको उपकुलपति कार्यालय निकट स्रोतले जनाएको छ । ललितकला विभागमा संगीता प्रधानलाई नियुक्ति दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .