फिल्म चपली हाइटबाट चर्चामा आएकी नायिका विनिता बराल आमा बनेकी छन्।
दसैँमा आफू गर्भवती भएको भन्दै शुभचिन्तकमाझ खुसी साटेकी बरालले छोरी ‘काया’लाई जन्म दिएकी हुन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।
उनले सामाजिक सञ्जालमार्फत आफू छोरीको आमा भएको जानकारी दिएकी हुन्।
छोरीसँगको फोटो सेयर गर्दै उनले ‘सबैभन्दा राम्रो क्रिसमस उपहार’ भन्दै खुसी व्यक्त गरेकी छन्।
अघिल्लो जेठमा प्रेमी तिलक पौडेलसँगको तीन वर्ष लामो प्रेम सम्बन्धलाई उनले विवाहमा परिणत गरेकी थिइन्।
प्रतिक्रिया