छापा खबर


काम गर्दागर्दै ६ मजदुर पुरिए, एकको मृत्यु, पाँच घाइते

काम गर्दागर्दै ६ मजदुर पुरिए, एकको मृत्यु, पाँच घाइते

नेपालखबर
पुस १०, २०७६ बिहिबार ०:३,

लमजुङको सुन्दरबजार नगरपालिका-६ नमुना टोलमा घरको पर्खाल लागि जग खन्ने क्रममा खसेको माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ। घटनामा अन्य पाँच जना कामदार घाइते भएका छन्।

बुधबार दिउँसो खसेको ढिस्कोले पुरिँदा चितवन लोथरका २५ वर्षीय संगम चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भिर घाइते चेपाङलाई उपचारका लागि सुन्दरबजारस्थित कर्मदा अस्पतालमा लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी रविन्द्रमान गुरुङका अनुसार घटनामा घाइते हुनेमा चितवनको राप्ती नगरपालिका–३ का बलबहादुर तामाङ, विष्णु चेपाङ, दीपक चेपाङ, सुरेश चेपाङ र दाङका छविलाल राना रहेका छन् ।

स्थानीय लालकुमार श्रेष्ठका अनुसार बामदेव गौलीको घरको रिटेनिङ वाल लगाउन जग खन्ने क्रममा कामदारलाई माटोको ढिस्कोले पुरेको हो। ढिस्को खस्दा पर्खाल लगाउन खटिएका १३ जना मजदुरमध्ये ६ जना पुरिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad